सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाको जोखिम बढेपछि सिंहदरबार प्रवेशमा रोक

काठमाडौं । सरकारले सिंहदरबार प्रवेशमा थप कडाइ गरेको छ।

कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको हो।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोनाको जोखिम थप बढेका कारण भेटघाट लगायतका कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई रोक लगाएको जानकारी दिए।

अत्यावश्यक काम खुल्ने कागजात देखाएर सर्वसाधारण र प्रेस पासका आधारमा सञ्चारकर्मी भने प्रवेश गर्न पाउनेछन् ।

अर्को निर्णय नभएसम्मका लागि सिंहदरबार प्रवेशका कडाइ गरिएको छ ।

पछिल्लो समय राजधानीमा संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले फेरि लकडाउन गर्ने वा अन्य विकल्प अपनाउने भन्ने विषयमा छलफल गरिरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »