सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाको त्रासले पनि रोकेन अभियान लाई : बिभिन्न ठाउँमा गरियो सरसफाई अभियान

वाग्मती सफाइ महाअभियानको ३९१ औं शृङ्खला संखमुल वाग्मती नदि र वाग्मती किनारको सडक सफाईका साथ अभियान बारे केहि छलफल गरी संपन्न भएको छ ।
वाग्मती सफाइ महाअभियानको आजको नेतृत्व पुर्व मुख्यसचिव , चिनका लागि नेपाल पुर्व राजदुत , वाग्मती सफाइ महाअभियानका मुख्य अभियेन्ता लीलामणि पौडेलले गरेका थिए भने , वाग्मती अभियेन्ताहरु ,स्थानीय बासिन्दा द्वारा सामाजिक दुरि कायम गरि स्वास्थ्यका मापदण्ड पालनगरि कुहिने र नकुहिने फोहोर छुट्याइ सरसफाइ अभियान संपन्न गरीएको थियो।
पशुपति आर्यघाट अगाडि वाग्मती नदिमा का मा न वडा न ११ का अध्यक्ष हिरालाल तण्डुकार , वाग्मती अभियेन्ता माला खरेलज्यु , चलचित्र निर्देशक सुमित्रा श्रेष्ठज्यु एव अन्य सहयोगि द्वारा सफाइ गरीएको थियो।

माथिल्लो वाग्मती सफाइ अभियानको ३५२ औं हप्ताको सरसफाइ अभियानको नेतृत्व भर्खरै कोभिड लाई परास्त गरि पुनः सामाजिक कार्यमा फर्किनु भएको वाग्मती अभियेन्ता उत्तम पुडासैनि , इश्वर पुडासैनि साथै अन्य अभियेन्ता हरु भगवान पुडासैनि , नानिकाजि गिरि , रामहरि श्रेष्ठ , उमा गौतम द्वारा सरसफाइ गरीएको थियो।

गोदावरी खोला क्षेत्र सरसफाइ अभियान अन्तर्गत ८८ औं हप्ताको सरसफाइ गोदावरी १ र हरिसिद्दि २९ जोडने पुल वरिपरि बेबी राजभण्डारीको नेतृत्वमा अभियेन्ताहरु नारायणी पाण्डे , सुबोध थापा , गिता पुतवार ,मोहन लाखे , सुरज श्रेष्ठ , द्वारा सरसफाइ एव अन्य अभियेन्ताहरु द्वारा आआफ्नो घर वरिपरि सरसफाइ गरीएको थियो।

चक्रपथ सफाइ १८२ औं हप्ताको सरसफाइ बिजि मल देखि बसपार्क आकासेपुल सम्म अन्त्यन्तै फोहोर भएकोले लोक बहादुर टन्डनको नेतृत्वमा अभियेन्ताहरु तिलक बस्नेत , डि बि पराजुली , सुन्दर खनाल , सौरभ क्षेत्रि , पुन्यरत्न बज्राचार्य , जिबन बराल , सन्झना मिस्र , संगीता लामिछाने ,माया थापा, लिला खनाल तथा त्यस क्षेत्र मा ब्यबसाय गर्ने यातायात ब्यबसायि र अन्य वातावरणप्रेमि हरु को समेत उलेख्य उपस्थितिमा सरसफाइ गरीएको थियो।

टोखा नगरपालिका ९ गुम्बा देखि शिव मन्दिर सम्म बिष्णुमति कोरिडाेरमा रोपिएको विरुवाहरुलाइ गोडमेल सिंचन र विरुवा बार्ने कार्यको नेतृत्व शोभाकर पान्डे सहित अभियेन्ताहरु द्वारा बिष्णुमति सरसफाइ अभियान सम्पन्न गरीएको थियो।

जनकपुर रेल्वे ट्रयाक अभियेन्ता रुवि झा र विपिन झाका सुपुत्र दक्ष झाको जन्मदिनको उपलक्ष्यमा जनकपुरको प्रमुख प्रवेश द्वार जिरो माइल पार्कमा Green and clean जनकपुर को अवधारणा राख्दै वृक्षारोपण गरीएको थियो।

तिलगंगा महिला समुहको अगुवाइमा २७२ औ हप्ताको वाग्मती सफाइ अभियानमा अभियेन्ताहरु विमला लामा , सरु श्रेष्ठ , लीला थपलिया , सामुदायिक प्रहरी , आनन्द होटेलका कर्मचारी हरु द्वारा सफाइ गरीएको थियो।

पनौति त्रिवेणि सरसफाइ ८८ औं हप्ताको सरसफाइ लकडाउनको आज्ञा पालन गर्दै खोला सफाइ , जनचेतना जगाउदै सुमित्रा बन्जाराको नेतृत्वमा हेमा मानन्धर , कर्मठ अभियेन्ता हरु , द्वारा सफाइ गरीएको थियो।

मनोहरा खोला सरसफाइको १९० औ हप्ता मनोहरा तरकारी बजार अगाडि चन्द्र दङ्गालको अगुवाइमा संजय साई केन्द्र , सशस्त्र प्रहरी बल सिनामंगल , कृषि तरकारी बजार , सिद्दार्थ विकास बैंक , बेस्ट कन्सर्ट प्रा लि , अभियेन्ताहरु राजन गौतम , नारायण गिरि , दुर्गा देवकोटा , विश्व भट्टराई , योसोदा खवस , राधिका भन्डारिज एवम् अन्य सहयोगी अभियेन्ताहरु द्वारा २ टन फोहर व्यवस्थापन गरीएको थियो।

मैतिदेवि मन्दिरमा राधे मिश्रको अगुवाइमा स्थानीय बासिन्दा , क्लासिक टेक तथा स्काउटका युवाहरु द्वारा सरसफाइ गरीएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »