सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाको रिपोर्ट नआउँदै शव बुझाएकाले नेसनल मेडिकललाई कारबाही गर्न अनुरोध

वीरगन्ज। वीरगन्जको नेसनल मेडिकल कलेजलाई आवश्यक कारबाही गर्न सिफारिस गरिएको छ। कोरोनाबाट मृत्यु भएका व्यक्तिको रिपोर्ट नआई शव परिवारलाई बुझाएकाले कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।

‘छलफलपछि अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने कुरा भयो,’ उनले भने। गत जेठ ४ गते बाराको करैयामाई गाउँपालिका ७ का ७५ वर्षीय वृद्धको नेसनल मेडिकलमा मृत्यु भएको थियो। सोमबार उनमा कोरोना पोजेटिभ देखियो। वृद्धको मृत्युपश्चात रिपाेर्ट नआउँदै परिवारले दाहसंस्कार गरिसकेकाे छ।

अस्पतालले कोरोनाको शंका नलागेका कारण रिपोर्ट नआई मृतकको शव परिवारलाई बुझाएको स्वीकार गरेकाे छ । अस्पतालका सञ्चालक बसुरिद्दिन अन्सारीले अस्पतालबाट गल्ती भएको स्वीकार्दै प्रशासन वा सरकारले गरेको कारबाही स्वीकार्य हुने बताएका छन्।

यस्तै बैठकले मृतकको सम्पर्कमा पुगेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ सुरु गर्ने र उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई तत्काल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ।

साथै मृतकको उपचार भएको अस्पतालकोआइसियू कक्ष पनि सिल गर्ने तयारी गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »