कोरोना संक्रमणका घटनाहरूमा वृद्धि हुन नदिन सरकारले फेरि अष्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा लकडाउन लागू गर्ने निर्णय गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो लकडाउन बुधवार राति १२ बजे देखि लागू हुनेछ । मेलबर्नमा लकडाउन गर्ने निर्णय त्यस्तो समयमा लिइएको छ जब अस्ट्रेलियाका अन्य प्रमुख शहरहरू र देशका बाँकी शहरहरूमा भएका अधिकांश प्रतिबन्धहरू नाटकीय रूपमा हटाइएको छ।
स्थानीय मिडिया रिपोर्ट अनुसार मेलबर्नमा बसोबास गर्ने करिव तीन लाख २० हजार व्यक्तिलाई यो एकदम महत्त्वपूर्ण छ । उनीहरुलाई अति महत्वपूर्ण काम भए मात्र घर बाहिर निक्लिन भनिएको छ । त्यस बाहेक घरमै बस्न आग्रह गरिएको छ ।
यो लकडाउन चार हप्ताको लागि लागू हुने छ। यस समयमा स्कूल वा अफिस जाने, खाने र पिउने सामान किन्न जान र स्वास्थ्यकर्मीहरूको आवागमनमा प्रतिबन्ध लगाइने छैन। यद्यपि सबैलाई सामाजिक दूरीको सावधानी अपनाउनका लागि सुझाव दिइएको छ।
मेलबर्नका लागि सबै उडानहरू पनि रद्द गरिएको छ । अनावश्यक रूपमा सहरमा यताउति भएमा पक्राउ गरिने र जरिवानाको प्रावधान गरिएको छ। सरकारी तथ्यांक अनुसार अष्ट्रेलियामा अहिलेसम्म ७ हजार ९ सय संक्रमणको पुष्टि भएको छ , भने एक सय ४ जनाको ज्यान गएको छ ।