सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाको स्रोत खोजी गर्दै डब्लुएचओको टोली चीनमा

काठमाडौँ / ३० असार ।
कोरोना भाइरसको उत्पत्तिको स्रोतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका विज्ञहरू चीन पुगेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले डब्लुएचओका दुई जना विज्ञ चीन आएको सोमबार पुष्टि गर्नुभएको हो ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरू अध्ययनका लागि चीन आएका हुन् ।

परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरूले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरूसँग दैनिक पत्रकार सम्मेलनमा छलफल गर्ने जानकारी दिनुभयो ।

यो विज्ञानसँग सम्बन्धित, सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित विषय भएको, यसले सबैलाई प्रभावित पारेको र सरोकारको विषय भएकाले कसरी शुरु भयो, कहाँ उत्पत्ति भयो भन्ने कुरा पत्ता लगाउनुपर्ने प्रवक्ता हुआको भनाई छ। कोरोनाभाइरसको स्रोत के हो भन्ने कुरा पत्ता लगाउनु धेरै महत्वपूर्ण भएको उहाको भनाइ छ।

कोरोनाभाइरस पहिलो पटक सन् २०१९ को डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका अधिकांश देशहरूमा कोभिड–१९ को महामारी फैलिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »