सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट उपत्यकामा थप १२ सहित १९ को मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौं उपत्यकाका १२ सहित १९ जनाको मृत्यु भएको छ।

काठमाडौंका ७३, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुष र ललितपुरमा ३ वर्षीय बालकसहित ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८९ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »