सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २,४६,३९४ पुग्यो, ३५ लाख बढी संक्रमित

काठमाडौं। चीनको वुहानबाट फैलिएको कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ४६ हजार ३९४ पुगेको छ । यसैबीच संक्रमितको संख्या ३५ लाख २३ हजार ३५५ जना पुगेको छ ।

वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार हालसम्म संक्रमितहरुमध्ये ११ लाख ४१ हजार ८९८ जनाले कोरोनालाई जितिसकेका छन् । त्यस्तै, १३ लाख ८८ हजार २९२ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने २१ लाख ३५ हजार ६३ वटा कोरोनाका केसहरु सक्रिय छन् ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिकामा ६७ हजार ९५४ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ११ लाख ६८ हजार ९८५ पुगेको छ । यसैबीच १ लाख ७४ हजार १७ जनाले कोरोनालाई जितिसकेका छन् ।

त्यस्तै, इटालीमा पनि ज्यान गुमाउनेको संख्या २८ हजार ८८४ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुुगेको छ, भने निको हुनेहरुको संख्या ८१ हजार ६५४ पुगेको छ ।

यता स्पेनमा पनि ज्यान गुमाउनेको संख्या २५ हजार २६४ पुगेको छ । २ लाख ४७ हजार १२२ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ४८ हजार ५५८ जना निको भइसकेका छन् ।

यसैक्रममा यूकेमा पनि ज्यान गुमाउनेको संख्या २८ हजार १३१ पुगेको छ । संक्रमितको संख्या १ लाख ८२ हजार २६० जना पुगेको छ ।

यता फ्रान्समा २४ हजार ७६० ले ज्यान गुमाएका छन्, भने १ लाख ६८ हजार ३९६ जना संक्रमित पुगेका छन् । जसमध्ये ५० हजार ५६२ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनी, टर्की, रसिया, इरान, ब्राजिल, चीन, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगललगायतका मुलुकहरुमा पनि हजारौंले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्, भने लाखौं संक्रमित भएका छन् ।

हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ७५ जना पुगिसकेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »