सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु,गुल्मीका ४१ वर्षीय पुरुष रहेको खुलासा

गुल्मी । गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा रुपन्देहीमा मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गुल्मी मदाने गाउँपालिका–६ निवासी उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा बुधबार मृत्यु भएको हो । उनी जेठ १ गते उक्त अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

अस्पतालका सञ्चालक दुर्गा पाण्डेले मृत्यु भएको पुष्टि गरेका हुन् ।जेठ २ गते उनको स्वाब लिएर परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । उनीहरु दुवैजनाको रिपोर्ट भने मृत्यु भएपछि आएको थियो ।

तेस्रो मृतक गुल्मी मदाने–६ पुर्कोटदहको निमावि स्कुलको प्रधानाध्यापक हुन् । क्रिमसन अस्पताल प्रशासनले बुधबार बिहान उनको मृत्यु भएको पुष्टि गरेको छ । ‘जेठ १ गते गुल्मी मदानेबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै क्रिमसनमा भर्ना हुन आएका विरामीको जेठ ७ गते मृत्यु भएको छ,’ अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले भने ।

कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो गरेको नियमित पत्रकार सम्मेलनमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिइएको थियो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो। गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो।

मृतक पेशाले शिक्षक थिए। उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ। नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक हुन्। उनीहरु दुवैजनाको रिपोर्ट भने मृत्यु भएपछि आएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »