सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट पाँचदिनको शिशुसहित ७ जनाको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो

काठमाडौं। नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन्।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

मन्त्रालयका अनुसार हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौंका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिनकी बालिका, बाँकेमा २५ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ।

साथै पछिल्लो २४ घण्टायता नेपालमा २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८६,८२३ जना पुगेको छ। शनिवार १२७८४ वटा पीसीआर परीक्षण गरिएको थियो। 

आज १३२९ जना  निको भएका छन्। यससँगै हालसम्म ६४०६९ जना संक्रमितलाई निको भएको छ। हाल मुलुकमा २२२१९ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये १०३२६ जना संस्थागत आइसोलेसन र ११८९३ जना होम आइसोलेसनमा रहेका छन्।

हाल ४२०३ जना क्वारेन्टिनमा रहेका छन्। साथै २२६ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा उपचाररत छन्।

भर्खरै

सम्बन्धित खबर

Language »