सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको हो ।

ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार पर्सा स्थायी ठेगाना भएकी एक कोरोना संक्रमित ६५ बर्षिय महिलाको मृत्यु भएको छ ।

त्यस्तै, पर्साको चोर्नीस्थित जगदम्बा ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणका काराण विहिबार राति निधन भएको छ ।

त्यस्तै, वीरगन्ज वडा नम्बर १६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, वीरगन्ज वडा नम्बर २ छपकैंयाका ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »