सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट विश्वभर संक्रमितको संख्या ३० लाख नाघ्यो,२ लाख १३ हजार बढिले ज्यान गुमाए

काठमाडौं । प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख १३ हजार ६२१ पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको अपडेट अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना संक्रमितको संख्या ३० लाख ९९ हजार ३९५ पुगिसकेको छ, भने ९ लाख ४३ हजार ९४० जना निको भइसकेका छन् ।

यसैबीच, ११ लाख ५७ हजार ५६१ वटा कोरोना केसहरु बन्द भइसकेका छन्, भने १९ लाख ४१ हजार ८३४ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म इटालीमा पनि ज्यान गुमाउनेको संख्या २७ हजार ३५९ पुगिसकेको छ, भने संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६८ हजार ९४१ पुगेको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५७ हजार १३२ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १० लाख १६ हजार ६९२ पुगेको छ । जसमध्ये १ लाख ३९ हजार ८३४ जना निको भइसकेका छन् ।

यसैबीच, कोरोना संक्रमणका कारण यता स्पेनमा पनि २३ हजार ८२२ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख ३२ हजार १२८ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख २३ हजार ९०३ पुगेको छ ।

फ्रान्समा १ लाख ६५ हजार ८४२ जना कुल सङ्क्रमित भएका छन् भने, २३ हजार २९३ को ज्यान गएको छ । यसैबीच ४५ हजार ५१३ निको भएर फर्किएका छन् । यूकेमा पनि ज्यान गुमाउनेको संख्या २१ हजार ९२ पुगेको छ, भने १ लाख ५७ हजार १४९ जना संक्रमित छन् ।

त्यस्तै इरान, बेल्जियम, जर्मनीमा, चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »