सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट हरेक १५ सेकेण्डमा १ जनाको मृत्यु

काठमाडौं। शनिबार कोरोनाभाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार औसतमा प्रत्येक २४ घण्टामा ५ हजार ९ सय जनाको मृत्यु भइरहेको छ ।

यो तथ्यांकको विश्लेषण गर्दा प्रत्येक १ घण्टामा २४६ जनाको र प्रत्येक १५ सेकेण्डमा १ जनाको मृत्यु भइरहेको देखिन्छ ।

पछिल्लो समय कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या स्थिर छ । पछिल्लो पटक मृत्यु हुनेको संख्या १७ दिनमा ७ लाखबाट ८ लाख पुग्यो । यो संख्या ६ लाखबाट ७ लाख पुग्न पनि यत्ति नै समय लागेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »