सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाले थप १२ जनाको मृत्यु, मृतकको संख्या ५९० पुग्यो

काठमाडौँ । कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा थप १२ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

आज नेपालमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै,बिहीबार नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। संक्रमितमध्ये ७१ हजार ३४३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५९० जनाको मृत्यु भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »