सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाले थप ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नजिक पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ।

यो सँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको हो ।

मंगलबार कोरोना संक्रमणबाट १० जना र सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो ।

त्यस्तै, आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो ।

यस्तै,मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५५९ जनामा संक्रमण पुष्टि भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »