सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ८४ हजार,संक्रमितको संख्या ९५ लाख नजिक

काठमाडौँ / १३ असार
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजार २३६ पुगेको हो।

त्यस्तै, कोरोना संक्रमितको संख्या ९४ लाख ७२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ९४ लाख ७२ हजार ४७३ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ । दोस्रोमा ब्राजिल छ । मर्ने मात्र हैन धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका नै छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »