सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाविरुद्ध खोप बनाएको रुसी वैज्ञानिकहरूको दाबी

काठमाडौँ / ३१ असार ।
रुसी वैज्ञानिकहरूले कोभिड–१९ विरुद्ध खो पहिलो खोप तयार भएको दाबी गरेका छन् ।

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार मस्को स्टेट मेडिकल युनिभर्सिटीका वैज्ञानिकले खोपको क्लिनिकल परीक्षण सफल भएको बताएका हुन् ।

‘कोरोनाविरुद्ध संसारको पहिलो खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक पूरा गरिएको छ,’ युनिभर्सिटीमातहतको ‘इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजी’का निर्देशक भादिम तरासोभले भने ।

तरासोभका अनुसार उक्त खोप मानिसमा सुरक्षित देखिएको छ । परीक्षणमा सहभागी व्यक्तिहरूमध्ये पहिलो समूहलाई १५ जुलाई र दोस्रो समूहलाई २० जुलाईमा अस्पतालबाट डिस्चार्ज दिइने भएको छ ।

‘गेमेलिया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी’ले यो खोप बनाएको हो । १८ जुनमा यसको क्लिनिकल परीक्षण थालिएको थियो ।

अमेरिकाको गिलिड साइन्सेस, बेलायतको अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता तथा अमेरिकी बायोटेक कम्पनी मोडर्ना कोभिड–१९ विरुद्धको खोप तयार पार्न सबैभन्दा अगाडि देखिएका छन् । खासगरी, अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताबाट प्राप्त सुरुवाती नतिजा उत्साहजनक मानिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »