सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २,३०,४०१ पुग्यो, ३२ लाख ६१ हजार बढी संक्रमित

काठमाडौं । कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ३० हजार ४०१ पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३२ लाख ६१ हजार ९३६ पुगिसकेको छ, भने १० लाख ३० हजार ७०९ जना निको भइसकेका छन् । यसैबीच, १२ लाख ६१ हजार ११० वटा कोरोना केसहरु बन्द भइसकेका छन्, भने २० लाख ८२६ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ६२ हजार २७४ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १० लाख ७३ हजार ८३४ पुगेको छ । जसमध्ये १ लाख ४९ हजार ६०४ जना निको भइसकेका छन् ।

त्यस्तै इटालीमा पनि ज्यान गुमाउनेको संख्या २७ हजार ९६७ पुगिसकेको छ, भने संक्रमितको संख्या २ लाख ५ हजार ४६३ पुगेको छ । यसैबीच निको हुनेको संख्या ७५ हजार ९४५ पुगेको छ ।

यसैबीच, कोरोना संक्रमणका कारण यता स्पेनमा पनि २४ हजार ५४३ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख ३९ हजार ६३९ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख ३७ हजार ९८४ पुगेको छ ।

त्यस्तै इरान, बेल्जियम, जर्मनीमा, चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

फ्रान्समा १ लाख ६६ हजार ४२० जना कुल सङ्क्रमित भएका छन् भने, २४ हजार ८७ को ज्यान गएको छ । यसैबीच ४८ हजार २२८ निको भएर फर्किएका छन् ।
यूकेमा पनि ज्यान गुमाउनेको संख्या २६ हजार ९७ पुगेको छ, भने १ लाख ६५ हजार २२१ जना संक्रमित छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »