सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना उपचारका नाममा लुट्नेलाई कारवाही गर्ने चेतावनी

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले कोभिड–१९ को संक्रमणले आक्रान्त बनेका जनताको उपचार र परीक्षण निशुल्क गर्न माग गर्दै आज पोखरामा बिरोध जुलुसको आयोजना गरेको छ ।
देशव्यापी रुपमा घोषित आन्दोलनको कार्यक्रम अनुसार पोखराको चाउथेदेखि नहरचोकसम्मको मुख्य बजारमा नै नेकपाका कार्यकर्ताहरुले मोटरसाईकल ¥यालीको आयोजना गर्दै पर्चा बितरण गरेका थिए । प्रतिबन्धित नेकपाका महासचिव विप्लवले कोरोना संक्रमणका कारण जनताहरु रोग र भोकले आक्रान्त बनिरहेको अवस्थामा राज्य जिम्मेवार बनेर नागरिकप्रति जवाफदेही हुन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
कोरोनाको प्रभावले आक्रान्त जनतलाई राहत पु¥याउनुको सट्टा स्वास्थ्य परीक्षण र उपचारबाट राज्य पन्छिने काम गरेकोप्रति नेकपा कास्कीका सेक्रेटरी विश्वासले खेद प्रकट गरे । बिरोध कार्यक्रममा बोल्दै सेक्रेटरी विश्वासले भने–‘उल्टै महामारीको संकटमा राज्य पन्छिने र मेडिकलमाफिया अनि निजी अस्पतालहरुले ब्रम्हलुट गर्दै मनोमानी ढंगले रकम असुल्ने काम सरासर लुट नै हो । यस्तो कार्य तत्काल नरोके हामी चुप लागेर बस्नेवाला छैनौं ।’
देशव्यापी घोषित कार्यक्रम अनुसार नेकपा कास्कीले कार्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण र आज २० गते विरोधजुलुस निकालेको नेकपा कास्कीले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »