सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना नपुगेको दश देश

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असर अहिले विश्वका करिब सबै मुलुकमा फैलिसकेको छ । यद्यपि केही मुलुकमा भने अहिलेसम्म कुनै कोरोना संक्रमित फेला परेका छैनन् । यी मुलुकहरूमा वास्तवमा नै कोरोना संक्रमित छैनन् र अहिले यी मुलुक के गर्दैछन् त ?

पलाउमा सन् १९८२ मा खुलेको ‘द पलाउ होटल’ त्यतिबेलाको एक महत्वपूर्ण उपलब्धि थियो । यो होटल निकै लोकप्रिय थियो किनकि त्यतिबेला त्यहाँ कुनै होटल नै थिएनन् । खुलेदेखि नै प्रशान्त महासागरको बीचमा होटल रहेको यो मुलुकमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । सन् २०१९ मा करिब ९० हजार पर्यटक पलाउ पुगेका थिए । यो संख्या मुलुकको जनसंख्याभन्दा पाँच गुणा धेरै हो ।

सन् २०१७ को अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को आँकडाअनुसार मुलुकको ४० प्रतिशत जीडीपीको हिस्सा पर्यटनले ओगटेको छ । यद्यपि यो सबै कोरोना भाइरसको महामारी आउनुभन्दा पहिलाको तथ्यांक हो । अहिले पलाउको सीमा गत मार्चदेखि बन्द छ । पलाउ कोरोना भाइरसका एकजना पनि संक्रमित फेला नपरेको १० मुलुक (उत्तर कोरिया र तुर्कमेनिस्तानबाहेक) मध्येको एक हो ।

यद्यपि कुनै पनि संक्रमित फेला नपर्दा नै यो मुलुक कोरोना भाइरसको चपेटामा परेको छ ।

‘द पलाउ होटल’ गत मार्चदेखि नै बन्द छ । पलाउमा बन्द भएको यो एउटा मात्र होटल भने होइन । पलाउका सबै रेस्टुरेन्ट खाली छन् । जुन पसलमा पर्यटकहरू आफ्ना साथीलाई उपहार किन्न जान्थे, ती पसल अहिले बन्द छन् । अहिले विदेशबाट फर्किएका पलाउका नागरिकलाई क्वारेन्टिनमा राख्नका लागि तयार पारिएको होटल मात्र अहिले खुला छन् ।

द पलाउ होटलका प्रबन्धक ब्रायन ली भन्छन्, ‘यहाँको समुद्र विश्वको कुनै पनि स्थानको भन्दा सुन्दर छ ।’

उनका अनुसार आकाश नीलो रङ्गको समुद्रले नै यहाँ पर्यटकहरूलाई लोभ्याउने गर्छ । कोरोना भाइरसको महामारीभन्दा पहिले उनको होटलमा रहेका ५४ कोठाका करिब ७०/८० प्रतिशत कोठाहरू सधैं भरिभराउ हुन्थे । तर सीमा बन्द भएसँगै उनको काम बन्द भएको छ । ब्रायन भन्छन्, ‘यो एक सानो मुलुक हो, त्यसैले स्थानीय मानिसहरू यहाँ आएर बस्दैनन् ।’

उनको टोलीमा करिब २० कर्मचारी छन् र कसैलाई पनि कामबाट हटाइएको छैन । यद्यपि उनीहरूको काम गर्ने समय घटाइएको छ । उनी भन्छन्, ‘म सधैं उनीहरूका लागि काम खोज्ने प्रयास गर्छु । जस्तो कि सामान मिलाएर राख्ने कुनै क्षेत्रको नवीकरणको काम वा अरू नै केही ।’

यद्यपि यस किसिमको काम सधैं हुँदैन । ब्रायन भन्छन्, ‘यसरी म ५ महिनासम्म होटल चलाउन सक्छु तर अन्तिममा मैले होटल बन्द गराउनै पर्छ । ब्रायन यस परिस्थितिका लागि सरकारलाई दोष दिँदैनन् । सरकारले पलाउका नागरिकहरूलाई आर्थिक सहायताको योजना अघि सारिरहेको छ । सबैभन्दा ठूलो कुरा कोरोना भाइरस महामारीलाई सफलापूर्वक मुलुकमा आउन दिएको छैन ।

उनी भन्छन्, ‘सरकारले आफ्नो तर्फबाट राम्रो काम गरेको छ ।’ यद्यपि पलाउको सबैभन्दा पुरानो र ख्याती पाएको होटलको अवस्था यस्तो भइसकेको छ भने यहाँ छिटै नै केही महत्वपूर्ण योजना अघि सार्नु जरुरी छ ।

पलाउका राष्ट्रपति हालै मात्र ‘अन्तराष्ट्रिय उडान सेप्टेम्बरदेखि सुरु हुन सक्ने’ बताएका छन् । यससँगै ताइवानसँग पलाउको एयर कोरिडोर निर्माणको कुरा भइरहेको छ भन्ने हल्ला पनि फैलिएको छ । योे योजनाबाट पर्यटकहरूलाई पलाउ आउने अनुमति मिल्नेछ । यद्यपि, ब्रायन भने छिटै नै यस्तो हुने सम्भावना नरहेको बताउँछन् ।

ब्रायन भन्छन्, ‘सरकारले व्यापार फेरि खोल्न सुरु गर्नु जरुरी छ । सायद न्युजिल्याण्ड वा त्यस्तै किसिमका अन्य मुलुकबाट पर्यटक ल्याउन सहयोग गर्नु जरुरी हुन्छ । अन्यथा यहाँको कुनै पनि व्यवसाय बच्नेछैन ।’

पलाउको पूर्वमा करिब चार हजार किलोमिटरको दुरीमा प्रशान्त महासागरको बीचमा मार्सल द्वीप छ । यो द्वीप पनि कोरोना मुक्त छ । पलाउजस्तै यो प्रायद्वीपमा पनि कोरोना भाइरसका कोरोना संक्रमित फेला नपरेपनि महामारीको असर भने ठूलो मात्रामा परेको छ ।

यहाँको रोबर्ट रिमर्स यो प्रायद्वीपको सबैभन्दा चलेको होटल हो । कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा पहिले यो होटलका ३७ कोठामध्ये ७५–८८ प्रतिशत कोठा भरिभराउ छन् । यहाँ विशेषगरी एसिया र अमेरिकाबाट पर्यटकहरू जाने गर्छन् । तर यहाँको सीमा बन्द भएसँगै यो होटलको केवल तीनदेखि पाँच प्रतिशतको काम मात्र बचेको छ ।

यो होटलमा काम गर्ने सोफिया फाउलर भन्छिन्, ‘हामीसँग बाहिरी प्रायद्वीपबाट आउने मानिसको संख्या पहिलेदेखि नै सीमित थियो तर लकडाउनले सबै ध्वस्त पारिदियो ।’

राष्ट्रियस्तरमा मार्सल द्वीप समूहमा कोरोना भाइरसको कारण सात सयभन्दा धेरै रोजगारी गुमेको अनुमान छ । सन् १९९७ पछि पहिलोपटक यति धेरै मानिसको रोजगारी संकटमा देखिएको हो । यीमध्ये २५८ रोजगारी होटल तथा रेस्टुरेन्ट क्षेत्रबाट गुम्ने खतरा छ ।

महामारीले मार्सल द्वीपको पर्यटनमा मात्र नभई धेरै क्षेत्रमा असर पारेको छ । किनकि पलाउको तुलनामा यो द्वीपको पर्यटनमा निर्भरता पनि कम छ । यहाँको ठूलो समस्या माछा उद्योग बन्द हुनु हो ।

देशलाई कोरोना भाइरसबाट बचाउन संक्रमित मुलुकको पानीजहाजलार्ई बन्दरगाहमा प्रवेश निषेध गरिएको छ । संक्षेपमा भन्नुपर्दा कोरोना भाइरसलाई हराउन नसके पनि यसबाट मुलुकमा आउनबाट भने रोक्न सकिन्छ ।

डाक्टर लेन टारिवोन्डा भानुआटुमा सार्वजनिक स्वास्थ्य विभागका निर्देशक हुन् । उनी तीन लाख आवादी भएको राजधानी क्षेत्र पोर्ट बिलामा काम गर्छन् । उनी आफैं अम्बेका बासिन्दा हुन् । अम्बेको जनसंख्या करिब १० हजार छ । टारिवोन्डाका अनुसार अहिले भानुआटुको करिब ८० प्रतिशत मानिस सहर र औपचारिक अर्थ व्यवस्थाभन्दा बाहिर छन् ।

टारिवोन्डाका अनुसार मानिसहरू पनि अहिले लकडाउनको पक्षमा छन् । उनका अनुसार यो मुलुक अहिले आफूलाई आवश्यक पर्ने खाद्यान्न उत्पादनको लागि सक्षम छ । यद्यपि मुलुकलाई नोक्सानीबाट बचाउन भने निकै कठिन छ । एसियाली विकास बैङ्कका अनुसार यस वर्ष भानुआटुको अर्थतन्त्रमा करिब १० प्रतिशतको गिरावट हुनेछ । जुलाईमा भानुआटुले सुरक्षित मुलुकका लागि आफ्नो मुलुकको सीमा खोल्ने निर्णय गरेको थियो । तर अस्ट्रेलिया र न्युजिल्याण्डमा कोरोना भाइरसका संक्रमित बढेसँगै योजना रद्द गरिएको थियो ।

टोरिबान्डा आर्थिक समस्याको सामना गर्नुपरे पनि सीमा तत्काल खोल्न नसकिने बताउँछन् । लबी इन्स्टिच्युटमा प्यासिफिक आइल्याण्ड प्रोग्रामका निर्देशक जोनाथन प्रिके भन्छन्, ‘यो निश्चित रूपमा दोहोरो मार हो । संक्रमण र रोग त पक्कै पनि हो, साथै आर्थिक संकट पनि हो । कोरोना भाइरसको महामारीको कुन निर्णय सही र कुन गलत भन्ने सही जवाफ खोज्न वर्षौं लाग्न सक्छ । तर प्रशान्त महासागरमा रहेका यी मुलुकहरूको सीमा बन्द राख्ने निर्णयलाई भने सायदै कसैले गलत हो भनेर भन्न सक्लान् ।’

कोरोना भाइरसका कुनै संक्रमित अहिलेसम्म नभेटिएका १० देश

पलाउ,माइक्रोनेसिया,मार्सल द्वीप समूह,नाउरु,किरिबाती,सोलोमन द्वीप समूह,तुभालु,समोआ,भानुआटु,टोङ्गा

स्रोत : बीबीसी

भर्खरै

सम्बन्धित खबर

Language »