सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना परीक्षणका लागि सरकारी अस्पतालमा १० वटा प्रयोगशाला थप गरिने

काठमाडौँ, असार १३

सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो ।

मन्त्रालयले पीसीआर परीक्षणको क्षमता बढाउने भन्दै थप १० वटा प्रयोगशाला सञ्‍चालन गर्ने निर्णय गरेको नीति योजना तथा समन्वय महाशाखा प्रमुख डा. गुणराज लोहनीले बताए।

थप सञ्चालन गर्न लागिएका प्रयोगशालामा मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालमा कोरोना परीक्षण गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशमा हाल २३ वटा प्रयोगशाला सञ्‍चालनमा छ । योसँगै प्रयोगशालाको संख्या ३३ पुग्‍ने मन्त्रालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »