सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना बिर्सदै यसरी मनाए होली पर्व (फाेटाे फिचर सहित)

काठमाडौैं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यसवर्षको होली पर्व पनि प्रभावित भएको छ । कोरोनाको त्रासका कारण विगतमा जत्ति होलीको उल्लास छैन । तर पनि काेराेना भैरस नै बिर्सने गरी रङ्ग दलेर हाेली मनाएका छन् ।

‘कोरोनाका कारण आज चहलपहल कम छ’, महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले भने, ‘अहिलेसम्म काठमाडौंको सुरक्षा अवस्था शान्तिपूर्ण छ ।’

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडोंमा भिड जम्मा भएर होली खेल्न निषेध गर्ने निर्णय गरेको थियो ।

साथै, प्रशासनले सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि पनि अनिश्चिकालसम्मका लागि स्वीकृति नदिने निर्णय गरेको थियो । यही निर्णयका कारण पनि काठमाडौंमा सर्वसाधारणको चाप न्यून देखिएको प्रहरीले जनाएको छ ।

सामाजिक संजालबाट विभिन्न व्यक्तिकाे प्राेफाइलबाट

भर्खरै

सम्बन्धित खबर

Language »