सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना बीमा दाबी भुक्तानीमा बिमा कम्पनीको आलटाल

काठमाडाैं। बीमा कम्पनीहरुले निकै उत्साहका साथ सुरु गरेको कोरोना बीमाको दाबी भुक्तानी गर्न भने बीमा कम्पनीहरु उदासीन देखिएका छन् । प्रक्रिया पनि जटिल पारिएको छ ।

सबै नेपालीलाई बीमाको पहुँचमा पुर्‍याई कोरोना भाइरस संक्रमणको उपचारमा राहत दिने उद्देश्यले रहेको भनिए पनि बीमा दाबी भुक्तानीमा भने कम्पनीहरुले आलटाल गर्न थालेका छन् ।

विश्वमा कोरोना भाइरस संक्रमण फैलिन थालेको सुरुवाती चरणमा नेपालमा संक्रमितको संख्या न्युन थियो । त्यही समयमा कोरोना बीमा सुरु भयो ।

गत वैशाख ७ देखि असोज २३ सम्ममा २० वटा कम्पनीमा १५ लाख १४ हजार ८५५ जनाको कोरोना बीमा भएको बीमा समितिले जनाएको छ ।

हालसम्म एक हजार २९ जनाले ९ करोड ७० लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी पाएका छन् । दाबी गरेका ७ हजार ४० जनाले भुक्तानी लिन बाँकी रहेको देखिएको छ ।

यस आधारमा असोज २३ सम्ममा ७१ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । भदौ २९ सम्म बीमा गरेका बिमितले संक्रमण भएपछि तत्कालै पूरै रकम पाउने व्यवस्था थियो ।

त्यसपछि गरिएको बीमाबाट भने संक्रमितहरुले २५ हजार रुपैयाँ सोझै पाउने र बाँकी रकम अस्पतालमा उपचार गरेको बिलका आधारमा उपलब्ध गराउने गरी बीमा समितिले नियम संशोधन गर्‍यो।

कोरोना बीमा सरकारी कर्मचारीका लागि निःशुल्क गरिएको छ । निजी क्षेत्र तथा संस्थागतरूपमा हुने सामूहिक बीमाका लागि भने सरकारले ५० प्रतिशत रकम व्यहोर्ने व्यवस्था रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »