सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरसका : उच्च जोखिममा गर्भवती र सुत्केरी महिला,लकडाउन अवधिमा ३० जनाको मृत्यु

काठमान्डौ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउनको अवधिमा नेपालमा अहिलेसम्म ३० जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालय अन्तर्गतको मातृ तथा नवशिशु शाखाका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या झण्डै चार गुणा ज्यादा हो । शाखाका प्रमुख डा. पुन्या पौडेलका अनुसार गतवर्ष यो अवधिमा ८ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका छन् । उनी भन्छिन्, लकडाउनको अवधिमा २८ जना गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य संस्थामा पुगेपछि र दुई जनाको घरमै ज्यान गएको पाइएको छ ।

लकडाउनले गर्दा समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन नसक्दा उनीहरूले अकालमै ज्यान गुमाउनु परेको पनि उनले बताइन् । यातायातको असुविधाको साथै अस्पताल गए रोग सर्छ भन्ने डर जस्ता कारणले अन्तिम अवस्थामा मात्रै अस्पताल पुर्‍याउनु, रक्तश्राव, परिवारको लापरबाही, पाठेघर फुटेको जस्ता समस्याले अस्पताल पुगेपनि बचाउन नसकिएको चिकित्सकहरू बताउँछन्।

नर्मल डेलीभरी गाउँकै स्वास्थ्य संस्थामा हुने र जटिल भएपछि अन्तिम अवस्थामा मात्रै सुविधासम्पन्न अस्पतालमा पुग्ने भएकोले बचाउन कठिन हुने गरेको केलहलपुर मेडिकल कलेजका निर्देशक डा. सुरेशकुमार कनोडिया बताउँछन्।

उनी भन्छन्, “बच्चा अड्केको, हात पहिला निस्केको, बच्चाको मृत्यु भइसकेको, जन्मिने दिन नाघेका केसहरू अन्तिम समयमा मात्रै आउँछन्। बचाउने प्रयास गर्दागदै कतिपयको ज्यान जान्छ।”

भर्खरै

सम्बन्धित खबर

Language »