सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरसको कारण २ लाख ६ हजारको मृत्यु,२९ लाख ७० हजार संक्रमित,साढे ८ लाख निको भए

काठमाडौं । कोरोना भाइस संक्रमणका कारण विश्वभर दुई लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म संक्रमित संख्या २९ लाख ७० हजार ७ सय ५ पुगेको छ । उपचारपछि ८ लाख ६५ हजार ५ सय ४९ जना निको भएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म ९ लाख ६४ हजार ९ सय ३७ जना संक्रमित भएका छन् भने ५४ हजार ८ सय ६५ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र १७ हजार २ सय ८० जनाको मृत्यु भएको छ । अमेरिकामा उपचारबाट एक लाख ६ हजार ९ सय ८५ जना निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटलीमा संक्रमित संख्या एक लाख ९७ हजार ६ सय ७५ र मृतक संख्या २६ हजार ६ सय ४४ पुगेको छ । यहाँ ६४ हजार ९ सय २८ जना निको भएका छन् ।

स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना संक्रमित भएका छन् र २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ । यस्तै एक लाख १७ हजार ७ सय २७ जना निको भएका छन् ।

फ्रान्समा १ लाख ६२ हजार २ सय २० जना संक्रमित हुँदा २२ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । ४५ हजार ६ सय ४१ जना निको भएका छन् ।

बेलायतमा १ लाख ५४ हजार ३७ जना संक्रमित भएका छन् भने २० हजार ७ सय ९४ जनाको मृत्यु भएको छ र सात सय ७८ जनामात्र निको भएका छन् ।

जर्मनीमा १ लाख ५७ हजार ७ सय ७० जना संक्रमित भएका छन् भने ५ हजार ९ सय ७६ जनाको मृत्यु भएको छ । यहाँ निको हुनेको संख्या १ लाख १२ हजार रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »