सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरसबाट अमेरिकामा झन्डै १ लाखकाे मृत्यु ,१७ लाख बढी संक्रमित

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे संख्या १७ लाख नाघेकाे छ भने करिब १ लाख मानिसकाे मृत्यु भइसकेकाे छ ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा अहिलेसम्म १७ लाख ६ हजार २२६ जना भाइरसबाट संक्रमित भइसकेका छन् । साेमबार मात्र त्यहाँ १९ हजार ७९० जना काेराेना संक्रमित भेटिएकाे जनाइएकाे छ । याे संख्या विगतकाे तुलनामा कमै हाे ।

मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ९९ हजार ८०५ पुगेकाे छ । पछिल्लाे २४ घण्टा अर्थात् साेमबार मात्र त्यहाँ ५०५ जनाकाे मृत्यु भएकाे छ । याे झण्डै २ महिनायताकै कम हाे । यसअघि मार्च २९ मा दैनिक मृत्यु संख्या ४९७ थियाे ।

अमेरिकामा हाल मृत्युदर घटेसँगै निकाे हुने दर बढ्दै छ । त्यहाँ अहिलेसम्म कुल संक्रमितमध्ये ४ लाख ६४ हजार ६७० जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ११ लाख ४१ हजारभन्दा बढी संक्रमित हाल उपचाररत छन्, जसमध्ये १७ हजारबढीकाे अवस्था खतरापूर्ण रहेको जनाइएको छ ।

पछिल्ला दिनहरूमा अमेरिकामा कोरोना संक्रमण बढ्ने क्रम रोकिने संकेत देखिएका छन् । तर त्यहाँ मान्छेहरूले संक्रमणप्रति बेवास्ता गर्न थालेसँगै महामारी दाेस्राे लहर दाेहाेरिने चिन्ता समेत व्यक्त भइरहेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कोरोनाभाइरस संयोजक डेबोरा बर्कले आइतबार भने कि उनी सुरक्षित रहनका लागि ७ फिट दूरी कायम राख्न बेवास्ता गरिरहेका व्यक्तिहरूप्रति “धेरै चिन्तित” छिन् । ‘व्यस्त मेमोरियल डे सप्तान्त’मा व्यस्त हुनुअघि पनि केही विज्ञहरूले अमेरिकाकाे मध्य पश्चिमा र दक्षिणी क्षेत्रमा नाेबल कोरोनाभाइरसको दोस्रो लहरका घटनाहरूको चेतावनी दिएका थिए ।

सबैभन्दा बढी प्रभावित १२ राज्य

भर्खरै

सम्बन्धित खबर

Language »