सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरसबारे ७० लाख भ्रामक पोस्ट फेसबूकले हटायो

काठमाडौं । कोरोना भाइरसबारे भ्रामक र गलत जानकारी फैलाउने पोस्टलाई फेसबूकले हटाउन थालेको छ ।

सामाजिक सञ्जाल फेसबूकले मंगलवारसम्म करीब ७० लाख गलत सूचना दिने पोस्ट हटाएको जनाएको छ ।

तीमध्ये कति पोस्ट कोरोना भाइरसबाट बच्ने उपायबारे गरिएका पोस्टहरू रहेको जनाइएको छ ।

फेसबुकका अनुसार कम्पनीले रिपोर्ट गरिएका ती पोस्टहरूको विश्वसनीयता थाहा पाउनका लागि विशेषज्ञलाई पनि बोलाएको थियो ।

फेसबूक पहिलेदेखि नै आफ्नो प्लेटफर्ममा देखिने भ्रामक र गलत समाचार रोक्ने प्रयासमा छ । साथै फेसबूकले यस्ता पोस्ट हटाउन निरन्तर काम गर्ने पनि जनाएको छ ।

फेसबूकले आफ्नो फ्ल्यागशीप एपका माध्यमबाट घृणा फैलाउने २ करोड २५ लाख भाषण पनि हटाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »