सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरस रोग विरुद्धका वडा स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी

नेपालगञ्ज, कोरोना भाइरस(कोभिड १९ ) रोग विरुद्धका कार्यक्रम सञ्चालनका लागि वडा स्तरमा समेत पहल गरिदैछ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा न १० ले कोरोना भाइरस रोग भित्रीन र फैलिन नदिन वडा स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
वडा अध्यक्ष विन्दुभुषण बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले कोरोना भाइरस रोग विरुद्धका कार्यक्रम गर्न वडा स्तरिय समन्वय समिति गठन गरेको छ ।

वडा सचिव शान्ती केसी सदस्य सचिव रहेको १३ सदस्यीय समितीले कोरोना भाइरसको संक्रमण भित्रीन र फैलिन नदिन तथा शंकाष्पद व्यक्तिहरुको निगरानी र उपचारको व्यवस्था मिलाउने लगायतका कार्य गर्ने छ ।

वडा स्तरिय समन्वय समितिको आजै बसेको वैठकले कोरोना भाइरस रोग विरुद्ध सचेतनामुलक लगायतका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

शहरी स्वास्थ्य केन्द्रकोे समन्वयमा वडास्तरमा माईकिङ गर्ने, पर्चा÷पम्पलेट वितरण गर्ने र विभिन्न स्थानमा स्वास्थ्य सरसफाई लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

कोरोना भाइरस रोग विरुद्ध खटीने अभियन्ताहरुका लागि मास्क तथा स्यानी टाइजेशन समेत उपलव्ध गराइने वडा सचिव तथा समन्वय समिति सदस्य सचिव शान्ती के.सीले जानकारी दिनु भयो ।

आवश्यक्ताअनुसारका सचेतना तथा उपचारात्मक कार्यक्रम पनि गर्न सकिने वडा अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।
यस अघि नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना भाइरस रोकथाम, पुर्व तयारी र उपचारका लागि टास्कफोर्स सहित कोष निर्माण गरेको छ

भर्खरै

सम्बन्धित खबर

Language »