सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरस : विश्वभर ४ लाख ५६ हजारको मृत्यु, ८५ लाख बढी संक्रमित

काठमाडौं । पछिल्लो समय विश्वमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढिरहेको छ । विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ५६ हजार नाघेको छ भने संक्रमितको संख्या ८५ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ५६ हजार ९३७ पुगेको छ । ८५ लाख २५ हजार ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु, इरान, जर्मनी, टर्की, चिलीलगायत देश छन् ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »