सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाईरस विरुद्ध नेपालगञ्जमा उच्च सतर्कता

नेपालगञ्ज, बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिन नेपालगञ्ज उपमहानगरपालिकाले उच्च सतर्कता अपनाएको छ ।

चीनमा कोरोना भाईरस गम्भिर समस्याका रुपमा देखिएपछि नेपालगञ्ज उप–महानगरपालिकाले नेपाल–भारत सीमास्थित जमुनाह नाकामा सञ्चालनमा ल्याएको हेल्प डेस्कलाई पछिल्लो समय थप प्रभावकारी बनाईएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले जमुनाह नाकामा कोरोना भाईरसको चेकजाँचका लागि हेल्प डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।

विहान ७ वजेदेखि राती ७ बजेसम्म २÷२ जना स्वास्थ्यकर्मी हेल्पडेस्कमा परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

चन्दले मंगलबार पटक–पटक हेल्प डेस्कमा पुगेर सेवा प्रवाह प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

हेल्प डेस्कमा शङ्काष्पद विरामी फेला परेमा भेरी अस्पतालमा थप अनुसन्धान र उपचारका लागि पठाउने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिनुभयो ।

योसँगै नेपालगञ्जमा जनचेतनामुलक अभियान पनि सञ्चालन गरिरहेको छ । इन्फाईड थर्मोमिटरको माध्यमबाट विारमीको तापक्रम मापन गर्ने गरिएको छ ।

खुल्ला सीमाका कारण दैनिक हजारौंको ओहोरदोहोर हुने भएपनि शङ्काष्पद विरामीलाई हेल्पडेस्कमा प्रारम्भिक जाँच गर्ने गरिएको छ ।

हालसम्म जमुनाह नाकामा रहेको हेल्प डेस्कमा एकजना पनि शङ्काष्पद विरामी फेला परेका छैनन ।

पछिल्लो समय सुरक्षा निकायले समेत हेल्प डेस्कका लागि समन्वय गरिरहेका छन् । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले कोरोना भाईरसको जोखिमबाट आम नागरिकलाई जोगाउनका लागि जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »