सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भ्याक्सिनबारे अझै लामो यात्रा गर्न बाँकी रहेको डब्लुएचओको भनाइ

काठमाडौं। कोरोनाभाइरस भ्याक्सिनको विषयमा सकारात्मक परिणाम पाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसको स्वागत गरेको छ ।

यद्यपि, कोभिड–१९ को फैलँदो संक्रमणसँग लड्नका लागि अहिले पनि काम गर्न आवश्यक भएको डब्ल्यूएचओको ठहर छ ।

जेनेभामा एक पत्रकार सम्मेलनमा डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका निर्देशक डाक्टर माइक रेयानले कोरोनाभाइरसको भ्याक्सिन बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै भनेका छन्, ‘यो सकारात्मक परिणाम हो तर अहिले लामो यात्रा तय गर्न बाँकी छ ।’

उनले अब वास्तविक दुनियाँको पनि व्यापक ट्रायल हुनुपर्ने आवश्यकता भएको बताएका छन्। कोरोनाको विषयमा हालसम्म संसारभरी २३ भ्याक्सिनमाथि काम चलिरहेको छ ।

डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एदनहोम गेब्रेयासिसले कुनै पनि सफल भ्याक्सिन सबैको पहुँचमा हुनुपर्ने बताए ।

डब्ल्यूएचओका प्रमुखले आफ्नो साधनमाथि काम गर्दै र त्यसलाई यथास्थानमा राख्दै भ्याक्सिनको अनुसन्धानको गती बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »