सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना महामारी रोक्ने भन्दै दक्षिण अफ्रिकाले लगायो मदिरा बिक्रीमा प्रतिबन्ध

काठमाडौं / २९ असार
दक्षिण अफ्रिकी सरकारले कोरोना संक्रमण फैलनबाट रोक्न मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ। यसका साथै सोमबारदेखि दैनिक रातिको समयमा कफ्र्यु लगाइएको छ भने घरबाट बाहिर निस्कँदा मास्क लगाउन पनि अनिवार्य गरिएको छ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले एक वर्षमा दोस्रो पटक रक्सी प्रतिबन्धले देशको स्वास्थ्य प्रणालीमा पर्ने दबाब कम गर्ने बताएका छन् ।

दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार नाघेको छ भने ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सरकारले वर्षको अन्त्यसम्म यहाँ ५० हजारभन्दा बढीको मृत्यु हुने आँकलन गरेको छ।

कोरोना संक्रमण तीव्र रुपमा फैलँदै गएपछि सरकारले लगाएको संकटकाल १५ अगस्टसम्म बढाइएको छ भने दैनिक राति ९ बजेदेखि बिहान ४ बजेसम्म कफ्र्यु लगाइनेछ।

भर्खरै

सम्बन्धित खबर

Language »