सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना मेरो अनुभव ( महाकाल )

शुदर्शन पौड्याल

अध्यक्ष

भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल

केहि समय अघिमात्रै एउटै गाडीमा बसेर सोलुखुम्बु बाट काठमाण्डौ सम्म संगै यात्रा गरेका र  संगै हिड्ने साथि को कोरोनाको कारण देहान्त भएको  दुई दिन पछि शरिरलाई केहि बिसन्चो भएको महसुस भए  पछि  पि सि आर गर्न  गएका भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका  अध्यक्ष शुदर्शन पौड्याल लाई  कोरोना पोजेटिभ देखियो । केहि असहजताको बिचमा पनि आफ्नै घरमा क्वारेटाईन बसेर कोरोना लाई जितेका अध्यक्षकोअनुभव र शुझाव जस्ताको त्यस्तै राखेका छौ ।

लक्षण (कोरोना)मान्छे अनुसार फरक हुने रहेछ ।

१) ज्वरो  ९८/९९

२) खोकि घाँटि ख्यासख्यास १ मिनेट बोल्दा  ३ मिनेट लगातार खोकि  लाग्ने र झण्डै १० दिन खोकि  लागेको   ।

३) १ दिन लगातार ५/६ पटक सम्म दिशा लागेको   ।

४ ) २/३ दिन सामान्य जिउ दुखेको   ।

५ ) शरिर भने हालसम्म पनि अत्याधिक कमजोर।

६ ) एक हप्तासम्म रुघा ।

उपचार : (ओैषधि ) स्वास्थ्यकर्मिको सल्लाहमा ।

१) सिटामोल दैनिक बिहान बेलुका १/१ ओटा ५ दिन ।

२) खोकि को   – एन्टिबायोटिक एजिथ्रो  बेलुकि १ ओटा ५ दिन ।

३) खोकि को   एलर्जी एलिग्रा बेलुकि २ ओटा १० दिन ।

४) जिंक ट्याबलेट दैनिक बिहान १ ओटा १५ दिन ।

५ ) भिटामिन बी कम्प्लेक्स बिहान १ ओटा १५दिन ।

६ ) भिटामिन सी बिहान/बेलुका १/१ ओटा १५दिन ।

७ ) भिटामिन डी हप्तामा १ ओटा ४ हप्तासम्म ।

घरेलु उपचार ( बिभिन्न महानुभावबाट ) निशुल्क सल्लाहमा प्राप्त ।

१) १/२ घण्टा बिराएर सक्दो तातोपानि १/१ ग्लास ।

२) चियाको सट्टा – निम,तुलसि,सित्तल चीनी,ग्रिन घाँसको पात मज्जासंग पकाएर बिहान दिउँसो र बेलुकि गरि ३ पटक ।

३) कोरोना को शत्रु – घरेलु ओैषधि पानी / पारीजात को पात, गुर्जोको लहरो असुरोको पात,अम्बा को पात,पुदिना को पात,र दैनिक प्रयोग गहुने सम्पुर्ण मसला गेडाहरु समेत मज्जा संग पकाएर बिहान र बेलुका २पटक ।

४) अचुक र छिट्टो प्रभाबकारि देखिने जड ओैषधि : रक्सि, अदुवा र कपुरको लेदो ।

बनाउने बिधि –

क ) १५० एम एल पुरानो ३ पाने शुद्ध रक्सि ।

ख ) १५० ग्राम अदुवा ताछि कोरेसामा कोरी सफा कपडामा निचोरेको अदुवाको रस  ।

ग ) ६/७ ओटा कपुर पिँधेको मसिनो धुलो ।

यि ३ चिज लाइ साने ग्यासमा मज्जा संग पकाएर लेदो बनाइ घाँटीदेखि तल र कम्मरसम्म अगाड पछाडि सबैतिर बाक्लो गरि लेप लगाउने ।

५ ) रुघा रहेसम्म दैनिक बिहान बेलुकि बाफ लिने ।

पौष्टीक आहार

१) दैनिक दाल भात ।

२ ) दैनिक टुसा उमारेको गेडागुडिको रस ।

३) दैनिकि हरीयो सागसब्जी ।

४ ) दैनिकि कुरिलोको झोल।

५ ) दैनिक अण्डा १ वटा ।

६ ) स्याउ,अंगुर र मौसम १५०/१५० ग्राम तातोपानीमा एकछिन भिजाएर दैनिक दिउसो ।

७ ) मासु आवस्यकता अनुसार ।

अनिवार्य स्वास्थ्य तथा मनाेबल बढाउने परामर्स ।

  • रुघा खोकी ज्वरो आउने बितिकै रोगीलाई पि सि आर गर्न प्रोत्साहन गर्ने ।

२ ) आफ्नो टोल समाज भित्र रहेका कोरोना पोजेटिभ रोगी र परिवारलाइ छिमेकि र सहयेगिहरुले सुरक्षा र मनोबल बढ्ने गरी मनोबल बढ्ने गरी रोगी अथवा परिवारलाइ दिने ।

३ )आफ्ने नगरभित्रका अथवा वडा भित्रका पोजेटिभ रोगी भएको थाहा पाउनासाथ रोगी र परिवार लाइ स्वास्थ्य परामर्श सहित अन्य आवस्यकबस्तु आवस्यक परेमा उपल्बध गराउछ वडा वा स्थानिय तहले भन्दै मनोबल बढाउने ।

४ ) यो जेष्ट महिनामा ४० देखि ६० बर्ष सम्मका अत्याधिक रोगीको मृत्यु भएकोले यहि बर्गका रोगीलाइ नै सामाजिक मनोपरामर्स अत्यावस्क रहेको  थियो ।

कोरोना को २० दिनपछि ।

१) पि सि आर को १४ दिनपछि पुन पि सि आर गर्नु नपर्ने भन्ने बिश्व स्वास्थ्य संगठन को रिपोर्ट अनुसार स्वास्थ्यकर्मि बाट आजैमात्र जानकारि ।

२ ) कोरोना पराजित गरेपनि शरिर एकदम कमजोर बिशेषगरि घुंडाभन्दा तल ।

३ ) कोरोनाको बिषयमा अत्यन्तै मानसिक तनाव ।

भर्खरै

सम्बन्धित खबर

Language »