सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना विरुद्ध पूर्व शहरी बिकास मन्त्री राईको सक्रियता


नेपालगञ्ज,विश्वव्यापी आतंक मच्चाइरहेको कोरोना कोभिड १९ नियन्त्रण बाहिर छ । अहिलेसम्म १६ हजारबढीको ज्यान गइसकेको छ ।

पाँच लाखको हाराहारीमा संक्रमित छन् । नेपालमा पनि कोरोनाको संक्रमण भित्रिसकेको छ । सरकारले कोरानाविरुद्ध आजदेखि देशलाई लकडाउन गरेको छ ।

अभियान सुरु गरेका हुन । पुर्व शहरी बिकास मन्त्री राईले मंगलबार नेपालगन्जको जमुनाह नाका क्षेत्रमा किटनाशक औषधि छर्किएका छन ।
सरकारको निर्णयलाई हरेक नेपालीले साथ दिनु पर्ने अवस्था छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद मोहम्मद इस्तियाक राई बाँकेमा कोरोना भित्रिन नदिन आफै खटिएका छन् ।

उनले आफ्नै पहलमा नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियान नै गरेका छन् । राष्ट्रिय संकटको घडिमा हरेक जनप्रतिनिधिले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउँदै राईले आफ्नो ब्यक्तिगत लगानीमा ८ ट्याङ्कर औषधि छर्किने अभियान सुरु गरेको जानकारी दिए ।

नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियान अन्तर्गत पुर्व शहरी बिकास मन्त्री राई आफै औषधि छिट्ने काममा जुटेका हुन ।

नेपालगन्जको जमुनाह नाकाबाट यस्को सुरुवात गरिएको हो । यो मेरो आफ्नो एकल प्रयास हो, पूर्व शहरी बिकास मन्त्री समेत रहेका राईले भने प्रत्येक जनप्रतिनिधिले आफ्नो तर्फबाट सहयोग गर्न जरुरी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »