सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना विरुद्ध स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

नेपालगञ्ज,चैत ८ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाले शनिबार स्वास्थ्यकर्मीका लागि शनिबार अभिमुखि–करण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्वास्थ्यकर्मीहरुले ज्यानको बाजी लगाएर हालसम्म सीमाक्षेत्रमा खटिएको भन्दै तत्काल सुरक्षाको उपाय अपनाउन माग गरेका हुन् ।

स्वास्थ्यकर्मीहरुले आधारभुत मापदण्ड अनुसारका सामान दिन माग गरेका हुन् ।

मास्क, एप्रोन, पिपिई, स्यानीटाईजर लगायतका सामाग्री उपलब्ध नभए हेल्थडेस्कमा काम गर्न नसकिने भन्दै उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले कोरोना विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै स्वास्थ्यकर्मीहरुको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्वास्थ्यकर्मीहरु २४ सै घण्टा काममा खटिन तयार भएको बताउँदै स्वास्थ्यमा भने सम्झौता गर्न नसकिने स्पष्ट पार्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्यकर्मीको सुरक्षाका लागि उपमहानगरपालिकाका अत्यन्त गम्भिर रहेको भन्दै केन्द्र र प्रदेश सरकारसँग निरन्तर समन्वय भईरहेको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »