सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १ लाख २ सय ६० पुग्यो

काठमाडौं। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वमा कोरोना संक्रमणका कारण एक लाख दुई सय ६० ले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, संक्रमितको संख्या १६ लाख ४७ हजार ६ सय ३५ पुगेको छ, भने निको भएर फर्कनेहरुको संख्या ३ लाख ६९ हजार १ सय १६ पुगेको छ । यसैबीच, ४ लाख ६९ हजार ३ सय ७६ वटा कोरोना संक्रमणको केस पूर्ण रुपमा बन्द भइकेका छन्, भने ११ लाख ७८ हजार २ सय ५९ वटा केसहरु एक्टिभ रहेका छन् ।

कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि इटाली, स्पेन र संयुक्त राज्य अमेरिकामा यस भाइरसका कारण भयावह स्थिति भएको छ । यो समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ४९ पुगिसकेको छ ।

त्यस्तै संक्रमितको संख्या १ लाख ४७ हजार ५ सय ७७ पुगेको छ, भने निको हुनेको संख्या ३० हजार ४ सय ४५ पुगेको छ । त्यस्तै, स्पेनमा ज्यान गुमाउनेको संख्या १५ हजार ९ सय ७० पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ५७ हजार ५३ पुगेको छ । यसैबीच ५५ हजार ६ सय ६८ जना निको भइसकेका छन् ।

यता संयुक्त राज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या १७ हजार ९ सय १९ पुगेको छ । संक्रमितको संख्या ४ लाख ७८ हजार १ सय ०९ पुगेको छ, भने निको हुनेहरुको संख्या २६ हजार १ सय ६ पुगेको छ ।

फ्रान्समा पनि कोरोना संक्रमणका कारण १२ हजार २ सय १० ले ज्यान गुमाइसकेका छन् । त्यस्तै, संक्रमितको संख्या १ लाख १७ हजार ७ सय ४९ पुगेको छ, भने २३ हजार २ सय ०६ निको भइसकेका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ५८ जना पुगिसकेको छ, भने संक्रमितको संख्या ७० हजार २ सय ७२ पुगेको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

यता इरानमा पनि ४ हजार २ सय ३२ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ६८ हजार १ सय ९२ जना पुगेको छ । यसैबीच ३५ हजार ४ सय ६५ निको भइसकेका छन् ।

चीनमा भने ज्यान गुमाउनेको संख्या आज १ जना थपिएको छ । हालसम्म चीनमा ३ हजार ३ सय ३६ ले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या ८१ हजार ९ सय ७ पुगेका छन् । जसमध्ये ७७ हजार ४ सय ५५ निको भइसकेका छन् ।

यसैक्रममा जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्ड, नेदरल्याण्डसलगायतका देशमा पनि कोरोना संक्रमणका कारण हजारौंले ज्यान गुमाइसकेका छन् ।

यद्यपि, नेपालमा भने अहिलेसम्म कोरोना संक्रमणका कारण कसैले ज्यान गुमाउनु परेको छैन । तर, संक्रमितको संख्या ९ पुगिसकेको छ, जसमध्ये एक जना निको भइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »