सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमणको उच्च जोखिममा बालाजुकाे तरकारी बजार

काठमाडाैँ । का.म.पा-१६, बालाजुस्थित माछापोखरी सडक तरकारी बजारले ल्याएको संक्रमणको उच्च जोखिमलाई न्युनिकरण गर्न नागरिक अभियानले निरन्तर कार्य गरिरहेको छ। अस्वभाविक भिडभाडको कारण हुन सक्ने कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै त्यसको न्यूनिकरणको लागि नागरिक अभियानले पहलकदमी थालेको हो। संक्रमण रोक्न ग्राहक – ग्राहक, व्यापारी – व्यापारी र ग्राहक र व्यापारीबिचको दुरि कायम गर्ने प्रयास थालेको अभियानले भीड व्यवस्थित गर्न विभिन्न सम्बन्धित निकायहरुसँग छलफल गरेको थियो । जस अन्तर्गत रोग र भोकसँग लड्न नागरिक अभियानले सम्बन्धित वडा, प्रहरी प्रशासन, नगर प्रहरी, किसान, व्यापारी लगायत विभिन्न संघसंस्था र स्थानीयहरुसँग हातेमालो गर्दै आएको कुरा अभियानका संयोजक तथा प्रगतिशिल नागरिक मञ्चका अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठ बताउँछन् ।

संक्रमण नियन्त्रणको प्रयासलाई सार्थक बनाउन स्थानीय सरकार संचालन ऐन २०७४ अन्तर्गत महानगरपालिकाले बनाएको कार्यविधि अनुसार नगर प्रहरीद्वारा स्थानीय बजार व्यवस्थापन गर्ने भनी किटान गरिएको छ।

तर, वास्तविकतामा के भै रहेको छ हेर्नुहोला। (भिडियोमा आज)

भर्खरै

सम्बन्धित खबर

Language »