सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमणबाट जोगीन र जोगाउन मुस्लिम धर्मगुरुको अपील

नेपालगञ्ज, महामारीका रुपमा फैलिइरहेको कोरोना (कोभिड–१९)को संक्रमणबाट जोगीन र जोगाउन मुस्लिम धर्मगुरुहरुले परम्परागत तथा धार्मीक सम्पूर्ण कार्यहरु घरमै गर्न सामुहिक अपील गरेका छन् ।

रमजानको पुर्व सन्धयामा नेपालगञ्जका मुस्लिम धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाच पटकको नमाज र तरावीहको नमाज समेत घरमै पढने गरि व्यवस्था मिलाउन र कोरोनाको संक्रमणबाट जोगीन र जोगाउन सार्वजनिक अपील गरेका हुन् ।


सम्वाद समूह बाँकेको सहजीकरणमा आज बिहीबार नेपालगञ्जमा गरिएको मुस्लिम धर्मगुरु र अगुवाबीचको अन्तरक्रियात्मक सम्वादपछि उहाँहरुले संयुक्त अपील गर्नु भएको हो ।


कोरोनाको जोखीमपुर्ण एवं विषम परिस्थितीबीच केही दिनमै रमजान शुुुुुरु हँुदैछ । रमजानका क्रममा हुन सक्ने पारिवारिक भेटघाटलाई पनि सीमा दुरी कायम गर्दै सचेतता अपनाउन पनि उहाँहरुले अनुरोध गर्नु भएको छ ।

मुस्लिम समुदायका केही व्यक्तिमा कोरोनाको संक्रमण देखीएसँगै समुदाय लक्षित सार्वजनिक टिका टिप्पणीप्रति पनि सचेत रहन आह्वान गर्दै उहाँहरुले रोग कुनै एक धर्म र समुदायसँग जोडिएको विषय नभएको पनि अपीलमा उल्लेख गरेका छन् । जारी अपीलमा समुदायमा रहेका सम्भावित कोरोना संक्रमित, आशंकीत व्यक्तिहरुको पनि पहिचान गरि स्वास्थ्य परिक्षण, उपचार गर्न÷ गराउन पनि सरोकार पक्षलाई आहवान गरिएको छ ।


केन्द्रीय हज कमिटी पूर्व अध्यक्ष मौलाना अव्दुल जव्वार मञ्जरी, जामा मस्जिद नेपालगञ्जका मुुफ्ती कैफुल वरा खाँ मिसवाही, मदरसा व्यवस्थापन समितिका पुर्व अध्यक्ष मौलाना मन्सुर अहमद, जामा मस्जिदका महासचिव इरफान सिद्यिकी, संविधान सभाका सदस्य भोला सिद्यीकी, मदरसा गौसीयाका सचिव मो हारुन र मुस्लिम संगठन नेपालका सह संयोजक अतहर हुसेन फारुकीद्धारा हस्ताक्षरित अपीलमा कोरोना नियन्त्रणमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न र धार्मीक तथा सामाजिक सदभाव सुदृढ गर्न सबैले आ आफनो क्षेत्रबाट संयमता अपनाउन पनि अनुरोध गरिएको छ ।


अपील जारी गर्नु अघि सामाजिक सदभाव सुदृढीकरण, कोरोनाको जोखीम न्यूनीकरणमा निर्वाह गर्न सक्ने भूमिकाका सवालमा व्यापक विमर्श गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »