सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमणबाट नेपालमा विदेशी नागरिकको पहिलो पटक मृत्यु

काठमाडौं । नेपालमा रहेकी एक जना चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ४८ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोख्रेलले जानकारी दिए ।

कोरोना संक्रमणबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।

मुटुसम्बन्धी रोगी ती महिला धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत थिइन् ।

उपचारकै क्रममा पीसीआर परीक्षण गराउँदा कोरोना देखिएपछि उनलाई मंगलबार साँझ शिक्षण अस्पताल सारिएको थियो ।

उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »