सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमणबाट बच्न आँखा पनि जोगाऔं

कोरोना भाइरसको संक्रमण सुरु भएसँगै हर कोहीलाई मास्क लगाउन, हात धुन र सामाजि दूरी कायम गर्न लगाइएको छ । केही मानिसहरु सतहबाट बच्नको लागि ग्लोब्स पनि लगाइरहेका छन् । भाइरसबाट बच्नको लागि पटक–पटक हात नाक, आँखा र मुखमा नलैजानको लागि पनि आग्रह गरिएको छ ।

हाम्रो शरीरको एक अंग सधैं खुला हुन्छ र यसबाट भाइरसको सम्पर्कमा आउने सम्भावना धेरै हुन्छ । उक्त अंग हो आँखा । आँखाको सुरक्षा गर्नु निकै जरुरी हुन्छ ।

द ल्यान्सेट पत्रिकामा छापिएको एक अध्ययन अनुसार कोरोना भाइरसको प्रसारको रोक्नको लागि आँखाको सुरुक्षा गर्नु राम्रो कदम हुन सक्छ । यो निष्कर्ष १६ देशका मानिसमा गरिएको अध्ययनको समीक्षामा आधारित रहेको छ ।

जोन्स होप्किन्स यूनिभर्सिटीद्धारा गरिएको यस अध्ययनबाट कोरोना भाइरस आँखाको माध्यमबाट पनि सर्न सक्ने जानकारी दिइएको छ । नाक र मुखजस्तै आँखाको सुरक्षा पनि उत्तिकै गर्नु पर्ने अध्ययनले उल्लेख गरेको छ ।

यदि कुनै व्यक्तिले तंपाईको सामुन्ने खोक्दा अथवा हाछ्युँ गर्दा आँखाको बाटो हुँदै भाइरस कोषमा गइ हमला गर्न सक्दछ । नाक र मुखजस्तै आँखालाई पनि बचाउन सकियो भने कोरोना भाइरसको खतरा कम हुन्छ ।

आँखाको सुरक्षाको लागि भाइजर, फेस सिल्ड अथवा ठुलो चस्मा लगाउ सकिने कुरा द ल्यान्सेटले गरेको छ । सकेसम्म आँखाको पुरै भाग कभर हुने खालको लगाउँदा झन् राम्रो हुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »