सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरस संक्रमणबाट बझाङको बुगल गाउँपालिका- ३ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए।

उनका अनुसार उनी भारतको बैंग्लोरबाट असार २४ गते बझाङ पुगेका थिए ।

उनको साउन ३ गते घरमै निधन भएको थियो । उनको स्वाब जाँच गर्दा कोरोना पुष्टि भएको हो । उनी दमका रोगी थिए।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

सोमबार मात्र स्वास्थ्य मन्त्रालयले ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको थियो ।

यस्तै मंगलबार ३११ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »