सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमणले सबैभन्दा बढी मस्तिष्कमा क्षति पुर्याउने : एक अध्ययन

काठमाडौं / १३ असार
अस्पतालमा उपचाररत नोभेल कोरोना भाइरस संक्रमितहरुमा गरिएको एक प्रारम्भिक अध्ययनले संक्रमणले मस्तिष्कमा क्षति पुर्‍याउने गरेको देखाएको छ । कोरोनाका गम्भीर संक्रमितहरुमा स्ट्रोक, इन्फ्लामेसन, साइकोसिस र डिमेन्सियाका लक्षणहरु देखिएको अध्ययनले जनाएको छ ।

लान्सेट साइक्याट्री जर्नलमा बिहीबार प्रकाशित प्रतिवेदन अनुसार सुरुमा कोरोना भाइरसको संक्रमितहरुमा न्युरोलोजिकल जटिलताहरुको अध्ययन गरिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

अब यसको विस्तृत असरबारे अध्ययन गर्न बृहत अध्ययन आवश्यक भएको यसले खोजलाई सहयोग गर्ने र अन्य रोगको उपचारमा सहयोगी हुने बताइएको छ ।

अनुसन्धानका सहायक अनुसन्धानकर्तासमेत रहेका लन्डन युनभर्सिटी कलेजका प्रोफेसर सारहा पेटले भनिन्, “यो अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुमा मस्तिष्कसम्बन्धी गरिएको महत्त्वपूर्ण चित्रण हो । भाइरसको बारेमा विस्तृत सूचना संकलनका लागि यस किसिमका अध्ययनहरु आवश्यक छन् ।”

यस अध्ययन बेलायतका १२५ संक्रमितहरुमा गरिएको थियो ।

  • एजेन्सिको सहयोगमा

भर्खरै

सम्बन्धित खबर

Language »