सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमण मिल्दो लक्षण देखिएकी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु, अस्पताल सिल गरियो

काठमाडौं । उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेको ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल आज विहान सिल गरिएको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो ।उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

शिक्षण अस्पताल काठमाडौंमा आठ दिन अघि सुत्केरी भएकी घर फर्केपछि ति महिला विरामी परेकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमण मिल्दो लक्षण भन्दै धुलिखेलमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

विरामीको मृत्यु भएपछि उनको स्वाब परीक्षण अघि बढाइएको छ । धुलिखेल अस्पतालले विरामीमा कोरोना संक्रमण भए नभएको प्रतिवेदन आउन बाँकी रहेको जनाएको छ ।उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »