सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमितको संख्या विश्वमा १ करोड साढे २५ लाख, ५ लाख ६१ हजारको मृत्यु

काठमाडौं / २९ असार
विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा एक करोड साढे २५ लाख नाघेको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २५ लाख ५२ हजार ७६५ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ६१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ६१ हजार ६१७ पुगेको छ ।

आइतबार मात्रै २ लाख ३० हजार ३७० कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »