सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ७४ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ७४ लाख ५३ हजार ५२ पुगेको छ।

हालसम्म संक्रमितमध्ये ६ लाख ७५ हजार ५४७ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये ६२.५७ प्रतिशत अर्थात् एक करोड नौ लाख २१ हजार ६२७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्।

बाँकी ५८ लाख ५६ हजार ३३ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो।

त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रूस, दक्षिण अफ्रिका, मेक्सिको, पेरू, चिली, स्पेन, बेलायत, इरान, कोलम्बिया, पाकिस्तान तथा साउदी अरेबिया रहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »