सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमितलाई पनि लोक सेवाको परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले कोरोना संक्रमण भएकै अवस्थामा पनि लोक सेवा आयोगका परीक्षा दिन पाउने गरी व्यवस्थापन मिलाउन अन्तरिम आदेश दिएको छ।

न्यायाशीश सपना प्रधान मल्लको एकल इजलाशले बिहीबार शैलेन्द्रप्रसाद अम्बेडकरसमेतले दिएको निवेदनमाथि उक्त आदेश दिएको हो।

आयोगले हालै जारी गरेको ‘संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ को बुँदा ८ को १ ले परीक्षार्थीले आफू कोरोना संक्रमित भए/नभएको स्वंय घोषणा गर्नुपर्ने र संक्रमित भए परीक्षा केन्द्रमा जान हुने छैन भन्ने उल्लेख गरेको थियो।

कोरोना महामारीका बेला आयोगबाट यस्तो मापदण्ड लागू भएपछि कोरोना संक्रमण भएका धेरै मानिस प्रतिस्पर्धाबाट छुट्ने भन्दै विरोध भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »