सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला डिस्चार्ज

कैलाली । कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ५० वर्षीया महिलालाई बिहीबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।

लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। यसअघि लम्कीचुहाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय युवक निको भएर घर फर्किसकेका छन् ।

सेती प्रादेशिक अस्पतालबाट कोरोनालाई जितेर घर फर्किने ५० वर्षीया महिला चौथो संक्रमित हुन् । यसअघि उनको रिपोर्ट दुई पटकसम्म पोजेटिभ आएको थियो । तर, बुधबार र बिहीबार नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

पर्साको वीरगञ्जबाट आएर क्वारेन्टाइन बसेपछि उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले धनगढी उपमहानगरपालिका वडा नम्वर ५ की ३४ वर्षीया महिला मात्रै सेती अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत छिन् । उनी निको भएर घर गएका धनगढी ५ का पुरुषको भाउजू हुन् ।

बिहीबारै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् ।

यससंगै उदयपुरमा संक्रमण देखिएका २८ जनाको काेशी अस्पतालमा, कैलालीकाे सेती अस्पतालमा २, पर्सामा नारायणी अस्पतालमा ४, बागलुङकाे बागलुंग अस्पतालमा १, भरतपुरको भरतपुर अस्पतालमा २ तथा धनुषामा एकजना उपचाररत छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »