सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया,शिशु र आमाको स्वाब परीक्षण गरिने

नेपालगञ्ज । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ । कपिलवस्तु कृष्णनगरकी २७ वर्षीय संक्रमित महिलाले बच्चा जन्माएकी छन्।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान करिब ६ बजे ती महिलाले शिशुलाई जन्म दिएकी हुन्। प्रसुतीमा संलग्न रहेका डाक्टर अमलेन्द्रप्रसाद कुसबाहाले महिलाको शल्यक्रियामार्फत् बच्चा जन्मिएको बताए।

उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको सामान्यावस्था छ ।

जटिल अवस्थामा रहेकी महिलालाई डा कविता सिन्हा, डा रवीन श्रेष्ठ, डा राजेश केसी, डा अमरेन्द्र कुशवाह र नर्सिङ्ग स्टाफ सङ्गीता गिरी, सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले शल्यक्रिया गरेको थियो ।

ती महिला एक महिनाअगाडि भारतबाट फर्केर रूपन्देहीमा क्वारेन्टिनमा थिइन्। पिसिआर परीक्षण गर्दा जेठ ३० गते उनमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवन्ध निर्देशक डाक्टर सुरेशकुमार कनौडियाले बताए।

नेपालगन्ज मेडिकल कलेजलाई सरकारले कोभिड– १९ को लेभल थ्री अस्पतालमा राखेको हुँदा सरकारी निर्देशिका अनुसार रुपेन्देहीबाट सुत्केरी गराउन ती महिलालाई नेपालगन्ज ल्याउनु परेको थियो।

शिशु र आमाको पुन: स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको छ। रिपोर्ट आइसकेको छैन। रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गरिने र पोजेटिभ आए कम्तिमा थप १४ दिन अस्पतालमै राखिने बताइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »