सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमित पूर्वमन्त्री पहाडीको मृत्यु

कोरोना संक्रमित पूर्व मन्त्री मोतीप्रसाद पहाडीक मृत्यु भएको छ । वहाँ भेरी अस्पताल नेपालगञ्जमा उपचाररत हुनुहुन्थ्यो । कोरोना संक्रमित भई होम आइसोलेशनमा थिए । अक्सिजनको मात्रा कम भए पछि हिजो बिहान मात्रै अस्पतालमा भर्ना भएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका-१० निवासी ७७ वर्षीय पहाडी विगत केही वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोग बाट पीडित थिए ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी वि.सं. २०५३ सालमा शेर बहादुर देउवाको पालामा पहिले कानून राज्यमन्त्री र पछि वन तथा भूसंरक्षण र आपूर्ति मन्त्री भएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »