सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमित भेटिएको वीरगञ्जको छपकैया क्षेत्र शिलबन्दी

वीरगञ्ज । तीन जना कोभिड–१९ का संक्रमित भेटिएको वीरगञ्ज महानगरपालिका २ को छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गरिने भएको छ ।प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस क्षेत्रलाई शिलबन्दी गर्ने निर्णय गरेको हो ।

मस्जिदमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेपछि थप व्यक्ति संक्रमित हुन सक्ने अवस्था आउन नदिन प्रदेश-२ को सरकारले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित मस्जिद र उक्त आसपासको क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको हो।

कोभिड–१९ को संक्रमण फैलनबाट रोक्न शिलबन्दी जरुरी देखिएकोले छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरु समेत समेटिने गरी शिलबन्दी गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। त्यस्तै संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर उनीहरुको र्‍यापिड टेष्ट किटमार्फत परीक्षण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले संक्रमितको संसर्गमा आएका व्यक्ति र गएका स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको कामलाई तीब्रता दिने निर्णय पनि गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उक्त क्षेत्रमा आवतजावत समेत बन्द गर्दै उक्त क्षेत्रका व्यक्तिहरूको कोरोना परीक्षण गर्ने कामलाई तीव्रता दिइएको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।

छपकैयास्थित एक मस्जिदमा बस्दै आएका २४ जनाको स्वाब परीक्षण गर्दा त्यसमध्ये तीन जना भारतीयमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »