सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमित १७ जना घर फर्किए, आज थप दुई जनामा संक्रमण


डुडुवा (बाँके), बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका दुई वटा आइसोलेशन केन्द्रबाट १७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन ।

डुडुवा गाउँपालिका वार्ड नं. १ सन्तलियास्थित आइसोलेशनबाट १० जना र वार्ड नं. ४ को शाहपुर्वा आइसोलेशनमा रहेका ७ जनाको रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड बमोजिम घर पठाइएको हो ।


उनीहरु सबैलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धन बहादुर बुढाले विदाई गर्नुभयो । डुडुवा गाउँपालिकामा पुराना कुल २५ जना कोरोना संक्रमित सबै घर फर्किसकेका छन ।


यसैगरि डुडुवामा आज आइतबार थप दुई जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । डुडुवा गाउँपालिका वार्ड नंं १ का १९ वर्षिय पुरुष र वार्ड नं. ३ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालको रिपोर्टमा उल्लेख छ ।

संक्रमित दुबै जनालाई पालिकाको ४ नं. स्थित आधारभुत विद्यालय शाहपुर्वको आइसोलेशन वार्डमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धन बहादुर बुढाले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »